Comments Add Comment

२१० किलोको गुरिल्ला : यसरी गरियो सिटी स्क्यान

दक्षिण अफ्रिकामा हालै ३४ वर्षको एउटा गुरिल्लाको सिटी स्क्यान गरियो । नाकमा असामान्य खालको मासु पलाएसँगै माकोकु नामक उक्त भिमकाय गुरिल्लालाई पशु अस्पताल पर्‍याएर निकै कठिनतापूर्वक नाकको सिटी स्क्यान गर्नुपरेको हो ।

जोहानेसबर्ग चिडियाखानामा रहेको सो गुरिल्लालाई उपचारका लागि जहाज चढाएर प्रिटोरियास्थित भेटेनरी अस्पताल लगिएको थियो ।

२१० किलो वजन भएको सो गुरिल्लालाई अस्पतालसम्म पुर्‍याउन र अस्पतालमा मेसिनमा राखेर नाकको सिटी स्क्यान गर्न निकै मेहेनत गर्नुपरेको थियो ।

बेहोस पार्ने सुई लगाइदिएर सिटी स्क्यान गरिएको उक्त गुरिल्लालाई स्ट्रेचरबाट तल झार्नका लागि पाँच जना मानिसले उचाल्नु पर्‍यो ।

गत महिनादेखि नै गुरिल्लाको नाकबाट अत्यधिक सिगान बग्ने तथा स्वास फेर्न पनि कठिन हुने लक्षण देखेपछि चिडियाखानाका डाक्टरहरुले प्रारम्भिक जाँच तथा उपचार गरेका थिए । तर सो उपचारबाट पनि उसको स्वास्थ्यमा सुधार नआएपछि सिटी स्क्यान र थप उपचारका लागि उसलाई जोहानेसबर्ग पुर्‍याइएको थियो ।

पशु अस्पतालमा उसको सिटी स्क्यानसँगै नाकको प्लाभित्र पलाएको मासुको बायोप्सी समेत गरियो । जाँचका क्रममा उसलाई क्रोनिक रुघा तथा नाकको प्लाभित्र पलाउने मासु (पोलिप्स) रहेको निष्कर्ष डाक्टरहरुले निकाले । उसको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था भने थिएन ।

माकोकुले आगामी जुलाई ९ मा आफ्नो ३५ औँ बर्थडे मनाउँदैछ । त्यसैले उसको सुस्वास्थ्य तथा सेवा आफुहरुको लागि निकै महत्वपूर्ण रहेको चिडियाखानाले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment