+
+
Shares

कच्चा तेलको मूल्यमा भारी गिरावट, सुनको मूल्य भने बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १६:३२

४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले १० महिनाको तथ्यांकमा आधारित रिपोर्ट सार्वजनिक गर्दै कच्चा पेट्रोलियम पदार्थको मूल्यमा ६१.५ प्रतिशतको गिरावट आएको जानकारी दिएको हो ।

२०७६ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७२.५३ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७७ बैशाख मसान्तमा ६१.५ प्रतिशतले घटी प्रति ब्यारल अमेरिकी डलर २७.८९ कायम रहेको राष्ट्र बैंकले बताएको छ ।

उता सूनको मूल्य भने बढेको छ । अन्तर्राष्ट्रिय बजारमा २०७६ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १२९८.४० रहेकोमा २०७७ बैशाख मसान्तमा ३१.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १७०८.४ पुगेको राष्ट्र बैंकले बताएको छ ।

यसैबीच २०७६ असार मसान्तको तुलनामा २०७७ बैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ९.२५ प्रतिशतले अवमूल्यन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.९ प्रतिशतले अवमूल्यन भएको थियो । २०७७ बैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२०.५१ रुपैयाँ पुगेको छ ।

२०७६ असार मसान्तमा उक्त विनिमय दर १०९.३६ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?