+
+

वाग्मती किनारमा फ्लाइओभर बन्ने, रानीपोखरी र खुलामञ्च जोड्न अण्डरपास

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १८:१७

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरबाट सानेपा जोड्ने नयाँपुलबाट टेकु कालीमाटीसम्म वाग्मती किनारमा फ्लाइओभर बनाउने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेको हो ।

महानगरको नीतिमा उक्त स्थानमा फ्लाइओभर बनाउने उल्लेख छ । महानगरले रानीपोखरी र खुलामञ्चको बीचमा भने अण्डरपास बनाउने उल्लेख गरेको छ । तिलगङ्गाबाट पशुपति क्षेत्र जोड्न समेत अण्डरपास बनाउने महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।

सोह्रखुट्टे–खुशिवुँ–नयाँबजार चोक, मित्रपार्क चोक, चाबहिल खण्डमा समेत आकाशेपुल बनाइने भएको छ । यी स्थानबाहेक अन्य सम्भाव्य स्थानमा फ्लाइओभर, अण्डरपास तथा पूर्वाधारको सम्भाव्यता अध्ययन, डिजाइन तथा निर्माण गर्न सम्बन्धित संस्थासँग समन्वय तथा सहकार्य गर्ने महानगरको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

महानगरले फुटपाथ व्यवस्थित गरिँने भन्दै फुटपाथ अतिक्रमणलाई नियन्त्रण गर्ने समेत बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?