 
																			५ असार, काठमाडौं । सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घटेको छ । बजार धेरै जसो ओरालो लाग्दा सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड रुपैयाँले घटेको हो ।
नेपाल राष्ट्र बैङ्कले सेयर कारोबार मापक नेप्से परिसूचकसँगै पुँजीकरण समेत घटेको जानकारी दिएको छ । २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० करोड रहेको बजार पुँजीकरण चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म घटेर १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैङ्कले जनाएको छ।
उता नेप्से परिसूचक पनि यस अवधिमा करिब ५८ अंकले घटेको छ । २०७६ असार मसान्तमा एक हजार २५९ रहेको नेप्से परिसूचक १० २०७७ वैशाख मसान्तमा घटेर एक हजार २०१ दशमलव ५९ अंकमा मा झरेको हो ।
वार्षिक विन्दुगत आधारमा हेर्ने हो भने नेप्से परिसूचक एक सय ४ अंकले घटेको छ । हाल एक हजार २०१ दशमलव ५९ अंकमा रहेको नेप्से परिसूचक २०७६ वैशाख मसान्तमा एक हजार ३१५ दशमलव ५ विन्दु रहेको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4