Comments Add Comment

के नेपालमा जुगजुगसम्म सम्झिन सक्ने फिल्म बनेको छैन ?

नेपाली चलचित्र बजारमा केही दिनयता परिवारवादको विषय हाबी छ । परिवारवादको विषय हाबी भइरहँदा निर्देशक दीपेन्द्र लामाले लेखे–‘नेपालमा जुगजुगसम्म बाँचिरहने फिल्म बन्ने भए पो कलाकारहरू पनि अमर रहिरहने सम्भावना हुन्छ । त्यो हैसियत नेपाली फिल्मको छैन ।’

दीपेन्द्रले परिवारवादको विषय चर्चामा आएपछि यो प्रसंग उठाए । तर यो विषयले अहिले चलचित्र क्षेत्रमा बहस खडा गरिदिएको छ । दीपेन्द्रको यो भनाइ निर्देशक निश्चल बस्नेतलाई मन परेन । उनले दीपेन्द्रको यो भनाइसँगै सहमत हुन नसकेको विचार राखे ।

जसमा दीपेन्द्रले त्यस्तो कुनै चलचित्रको नाम भए भन्न आग्रह गरे । उनले विश्वकै उत्कृष्ट हजारमा पर्न सक्ने सदाबहार चलचित्र चाहियो भनेर जवाफ दिए । निश्चलले यसको जवाफमा लेखे–‘माइतीघरदेखि छ माया छपक्कैसम्म आइपुग्दा सबै हैसियतविनाकै चलचित्र हुन् त ?’

निश्चलको यो प्रश्नमा दीपेन्द्रको जवाफ छ–‘नेपालको सन्दर्भमा राम्रै हो भनेर चित्त बुझाउनुपर्छ ।’ निश्चललाई अझैं दीपेन्द्रको जवाफ चित्त बुझेन । उनले सोधे–‘तपाईंले भनेको जस्तो चलचित्र बनाउने कि नबनाउने त दाइ ? नेपालको लागि ठिकै हो भन्न नपर्ने खालको ।’ यसमा दीपेन्द्रले आफूसँग यस्तो चलचित्र बनाउने सामार्थ्य  नभएको बताए।

दुई निर्देशकले नेपाली चलचित्रमा हिट चलचित्र दिएका छन् । दीपेन्द्रले निर्देशन गरेको ‘छ माया छपक्कै’ र निश्चलले निर्देशन गरेको ‘लुट’ सफल र समीक्षागत रुपमा पनि रुचाइएको चलचित्र मानिन्छ । तर के दीपेन्द्रले भने जस्तै युगौंयुग सम्झने खालको चलचित्र नेपालमा बनेकै छैन त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment