Comments Add Comment

एप्पल वाचको ५ वर्ष, बिक्री भए ७ करोड स्मार्टवाच

एप्पलले सन् २०१५ को अप्रिलमा पहिलोपटक स्मार्टघडी सार्वजनिक गरेको हो । यो वर्ष एप्पलको स्मार्टघडी एप्पल वाचले पाँच वर्ष पूरा गरेको छ र यसबीचमा कम्पनीले विभिन्न संस्करणका घडी बजारमा ल्याइसकेको छ । पछिल्लोपटक गत सेप्टेम्बरमा एप्पलले पाँचौँ संस्करणको एप्पल वाच ल्याएको थियो, जसले बजारमा व्यापक लोकप्रियता हासिल गरिरहेको छ ।

पछिल्लो आधा दशकमा एप्पलले विश्वको स्मार्टफोन बजारमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ । आगामी ३ महिनाभित्रमा एप्पल वाचको बिक्रीले १० करोडको कोशेढुङ्गा पार गर्ने एक रिपोर्टले देखाएको छ ।

मार्केट एनालिसिल कम्पनी क्यानालिसको रिपोर्ट अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा पनि एप्पल विश्व स्मार्टवाच बजारमा पहिलो स्थानमै रहन सफल भएको छ । यद्यपि गत वर्षको सो अवधिको भन्दा एप्पल वाचको बिक्रीमा १३ प्रतिशतको गिरावट आयो ।

विश्व स्मार्टवाच बजारमा ३६.३ प्रतिशत हिस्सा ओगटेको एप्पलले सन् २०२० को पहिलो त्रैमासिकमा ५२ लाख गोटा स्मार्टवाच बेच्न सफल भयो ।

साथै यसबीचमा एप्पलको वाच आईओएसका थप ४० लाख सक्रिय प्रयोगकर्ता थपिएका छन् । त्योसँगै एप्पलको वाच आईओएसका प्रयोगकर्ता ७ करोड पुगेका छन् ।

रिपोर्टअनुसार युरोपमा र उत्तर अमेरिकामा चाहिँ एप्पलले आफ्नो स्मार्टवाचको अपेक्षित बिक्री गर्न सकेन । अमेरिकी तथा युरोपेली प्रयोगकर्ताहरुले एप्पल घडीको साटो एयरपड्सलाई आफ्नो अत्यावश्यकीय ग्याजेटका रुपमा खरिद गर्न थालेका कारण ती भूगोलहरुमा एप्पल वाचको बिक्री अपेक्षित हुन नसकेको छ । तर दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकामा चाहिँ एप्पल वाचले उल्लेख्य रुपमा बिक्री हुन सफल भएको छ ।

रिपोर्टअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा विश्वमा एक करोड ४३ लाख गोडा स्मार्टवाच बिक्री भएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । सन् २०१९ को पहिलो त्रैमासिकमा विश्व बजारमा एक करोड २७ लाख गोटा स्मार्टवाच बिक्री भएका थिए ।

यो वर्षको पहिलो त्रैमासिकमा बजार हिस्साको हिसाबले दोश्रो स्थानमा हुवावे परेको छ । हुवावले स्मार्टफोन बजारको १४.९ प्रतिशत हिस्सा ओगटेको छ ।

त्यस्तै तेश्रो स्थानको सामसुङ र चौथो स्थानको गार्मिनले पहिलो त्रैमासिकमा गत वर्षको सोही अवधिको भन्दा  क्रमशः ४६ र ३९ प्रतिशतको वृद्धिदर हासिल गर्न सफल भएका छन् । यी दुई ब्राण्डले युरोप र उत्तर अमेरिकी बजारमा राम्रो प्रदर्शन गर्न सफल भए ।

लोकप्रियताको पाँचौ स्थानमा गुगल स्वामित्वको फिटबिट रहेको छ । फिटबिटले पहिलो त्रैमासिकमा ९ लाख स्मार्टवाच बेच्न सफल भएको छ । जुन कुल बजार हिस्सा ६.२ प्रतिशत हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment