Comments Add Comment

भक्तपुर जिल्ला फुटबल संघको कारवाही फिर्ता गर्न संसदमा माग

५ असार, काठमाडौं । भक्तपुर जिल्‍ला फुटबल संघलाई प्रतिस्थापन गरी तदर्थ समिति गठन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको प्रतिनिधिसभामा विरोध भएको छ । भक्तपुरबाट प्रतिनिधित्व गर्ने सांसद प्रेम सुवालले एन्फाको उक्त निर्णय फिर्ता लिन माग गरेका छन् ।

उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा एन्फाले हुकुमी शैलीमा गौतम सुजखुको नेतृत्वको निर्वाचित भक्तपुर जिल्ला फुटबल संघ विघटन गर्नु उपयुक्त नभएको र त्यो निर्णयलाई फिर्ता गरी पुरानो संघलाई यथावत काम गर्न दिनुपर्ने बताएका हुन् ।

एन्फाको विधान र नियमावली अनुसार क्लव दर्ता नभएको र प्रक्रिया नपुर्‍याई प्रतियोगिता सञ्चालन गरेको भन्दै एन्फा कार्यसमितिको आपतकालीन बैठकले भक्तपुर जिल्ला फुटबल संघलाई प्रतिस्थापन गर्दै किशोर हेक्काको अध्यक्षातामा तदर्थ समिति गठन गरेको थियो ।

एन्फाले कानुनी प्रक्रिया अनुसार क्लब दर्ता नभएको, भक्तपुर जिल्लाको पत्रबाट क्लब र टिमको दर्ता एवं नवीकरण नभएको, आफू अनुकुल रकम उठाएको, जिल्ला लिग सञ्चालन गर्दा प्रक्रियागत त्रुटि गरेको भन्दै कारवाही गरेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment