+
+
Shares

कोरोना संक्रमित बढेपछि डडेल्धुरा अनिश्चितकालका लागि सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १९:०२

५ असार, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि शुक्रबार दिउँसो तीन बजेदेखि डडेल्धुरा अनिश्चितकालका लागि सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शुक्रबार दिउँसो तीन बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्र व्यापार व्यवसाय सञ्चालन गर्न, व्यक्ति तथा सवारी साधन आउजाउमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।

सहायक प्रजिअ अर्यालले अनलाइनखबरसँग भने, ‘जिल्लामा उच्चदरमा संक्रमित वृद्धि भइरहेका कारण संक्रमणको जोखिमबाट जोगिन  स्वास्थ्य लगायत अत्यावश्यकीय सेवा बाहेक अरु सबै पूर्णरुपमा बन्द गर्ने निर्णय गरेका छौं ।’

लकडाउन खुकुलो भएसँगै बजारमा मानिसको अनावश्यक भिड बढ्दा संक्रमणको जोखिम बढ्ने भएका कारण सावधानी अपनाउन यस्तो निर्णय गरिएको उनले बताए ।

कोभिड १९ का फोकल पर्सन हरि भट्टका अनुसार शुक्रबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै डडेल्धुरामा संक्रमितको संख्या १२८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?