+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

के.आई.सिंह गाउँपालिकाको नीति-गाउमै खोजौं रोजगारी, विकासमा गरौं साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १९:०३

५ असार, डोटी । परम्परागत योजना र प्रशासनिक खर्चमा कटौती गर्ने व्यवस्थासहित डोटीको के.आई.सिंह गाउँपालिकाको सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत छ ।

‘गाउमै खोजौं रोजगारी, विकासमा गरौं साझेदारी’ भन्ने मूल नारासहितको नीति तथा कार्यक्रममा लघु उद्यम र कृषिका माध्यमबाट स्वरोजगारलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा एक वडा, एक लघु उद्यम स्थापना गर्ने व्यवस्था गरिएको छ ।

कोरोना भाइरस -कोभिड-१९)का कारण भारत तथा तेस्रो मुलुकबाट फर्किएका युवाहरुलाई स्वरोजगारको बाताबरण सिर्जना गर्न गाउँपालिका तहमा रोजगार केन्द्रको स्थापना गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका उपाध्यक्ष मीना बिष्टले बताइन् । ‘बेरोजगार युवाहरुलाई सूचीकृत गरी लगानीमा साझेदारी तथा कर्जामा सहुलियत प्रदान गर्ने नीति लिएका छौं,’ उपाध्यक्ष बिष्टले भनिन्, ‘सूचीकृत युवाहरुलाई बाझो जमिनमा खेती गर्न प्रोत्साहन गरिनेछ ।’

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष बिष्टले मलखाद्य, बिउबिजन र सिँचाइमा शतप्रतिशत अनुदान दिइने बताइन् ।

वर्तमान अवस्थालाई मध्येनजगर गर्दै यस वर्ष फरक तरिकाले नीति तथा कार्यक्रम ल्याइएको दाबी गर्छन् गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही । उनले रोजगारी सिर्जना गर्न सकिने योजनालाई मात्र नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको बताए ।

गाउँमा भोकमरी हुन सक्ने कुराको पूर्वानुमान गर्दै गाउँपालिकाले तत्काल उत्पादन हुने नगदे बालीमा जोड दिने शाहीले बताए ।

युवाहरुलाई बिउ, मलखाद्य र सिँचाइमा शतप्रतिशत अनुदान दिने, बिपन्न तथा सुकुमबासी भूमिहीनलाई सामूहिक खेतीमा अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

१५ शय्याको अस्पतालका लागि पूर्वाधार निर्माणमा लगानी गर्नुका साथै आइसोलेसन बेडसहितको संरचना बनाउने, गाउँपालिका भित्रका स्वास्थ्य संस्थाको स्तरोन्नती सँगै कोरोना प्रतिकार्य स्वास्थ्य सामग्रीहरु व्यवस्था गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?