Comments Add Comment

सरकारले चिनी आयात गर्न थाल्यो प्रक्रिया

५ असार, काठमाडौं । मुख्य चाड पर्वमा अभाव हुन नदिन सरकारले चिनी आयत गर्ने भएको छ । बजारमा चिनीको उपलब्धता र आवश्यकता अध्ययनपछि चिनी खरिद गर्न अर्थमन्त्रालयसँग सहमति मागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘कति चिनी आयात गर्ने भन्ने स्पष्ट भइसकेको छैन तर अपुग चिनी ल्याउनका लागि अर्थसँग सहमति मागिएको छ,’ मन्त्रालयका साहयक प्रवक्ता एवं सूचना अधिकारी उर्मिला केसीले भनिन् ।

भन्सार छुटमा चिनी ल्याउनका लागि अर्थमन्त्रालयबाट स्वीकृति पाए दशैंअघि नै सरकारले ल्याउने चिनी बजारमा आइपुग्ने मन्त्रालयको विश्वास छ ।

प्रस्ताव स्वीकृत भएर आएपछि मन्त्रालयले मन्त्रिपरिषदमा पेश गर्ने र त्यसमा मन्त्रिपरिषदको स्वीकृतिपछि खाद्य तथा व्यपार कम्पनी र साल्ट ट्रेडिङले चिनी आयात अघि बढाउने मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेको न्युनतम बजार मूल्यममा बिक्री गर्न सकिने गरी चिनी आयात हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयमा निजी क्षेत्रले बुझाएको विवरणअनुसार चालु आवमा १ करोड ९४ लाख क्विन्टल उखुबाट करिब १ लाख ६० हजार टन चिनी उत्पादन भएको छ । तर चिनीको वाषिर्क माग २ लाख ५० हजार टन हाराहारी रहेको मानिन्छ ।

लकडाउनका नभएको भए एक लाख टन नै चिनी आयात गर्नुपर्ने अवस्था रहेपनि हाललाई अघिल्लो वर्षकै परिमाण करिब ५० हजार मेटिक टन चिनी ल्याउने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

सरकारी स्वमित्वको कम्पनी साल्ट ट्रेडिङसँग करिब २ हजार र निजी क्षेत्रसँग करिब ३६ हजार मेटि्रक टनमात्रै चिनी मौज्दात रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment