+
+

हेमन्त शर्मा भन्छन्–‘संगीतकर्मीलाई सरकारले आर्थिक कर्जा दिन आवश्यक छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ६ गते ११:४५

गायक हेमन्त शर्माले यो असहज समयमा संगीतकर्मीहरुलाई १–२ बर्षका लागि ‘आर्थिक कर्जा’ प्रदान गरी ‘आफूहरुका लागि पनि सरकार छ है’ भन्ने प्रत्याभुती दिन आग्रह गरेका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘कोरोनाको भ्याक्सिन ननिस्कदासम्म वैकल्पिक पेशामा प्रेरित गर्न कुनै मापदण्ड बनाई निव्र्याजी वा न्यून कृषि ब्याज सरह सहज तरिकाले १–२ बर्षे आर्थिक कर्जा प्रदान गरी तिमीहरुको पनि सरकार हो है भन्ने भावना जगाइदिन मिल्दैन होला र ?’

उनले, यो महामारीको समयमा सबैभन्दा बढी असर संगीत क्षेत्रलाई परेको उल्लेख गरेका छन् । उनले, स्टेजबाट नै टिकेको संगीतको पछिल्लो दशकलाई मध्यनजर गर्दा सामाजिक र भौतिक दुरी, व्यवसायिक संगीतको नेगेटिभ सूचक भएको भन्दै स्टेज सकिन भौतिक दुरी सकिनुपर्ने हुँदा यो निकट भविष्यमै संभव नभएको बताएका छन् ।

शर्मा लेख्छन्–‘अन्य जुनसुकै पेशाकर्मीले भौतिक दुरी मै सामान्य जीवनयापन गर्न सक्ने सम्मको आम्दानी गर्न सक्ने अवस्था देखिन्छ । तर, संगीतकर्मीको अवस्था भने झनै असहज हुँदै गएको छ । यो अवस्थामा छिमेकी राष्ट्रमा झै कैयौ अप्रिय घटनाहरुको फलोअप गर्ने स्थिती यता पनि नआउला भन्न सकिदैन ।’

उनले, सरकारलाई यो अवस्थामा संगीतकर्मीका लागि सोचिदिन अपिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?