Comments Add Comment

चिनियाँ र भारतीय सैनिकको झडपबारे बोल्यो नेपाल

६ असार, काठमाडौं । चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत रहेको मन्त्रालयले बताएको छ ।

गलवान भ्यालीमा चीन र भारतका सैनिकबीच हिंसात्मक झडप भएको थियो । त्यसक्रममा २० भारतीय सैनिकको मृत्यु भएको छ । चीनतर्फ क्षति भए नभएको यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment