Comments Add Comment

धारामा छोडिएको करेन्ट लागेर डोटीमा एकको मृत्यु

प्रतिकात्मक तस्वीर

६ असार, डोटी । धारामा छोडिएको करेन्ट लागेर डोटीको आदर्श गाउँपालिका-७ नुवाघरकी २६ बर्षीया तुलसी थापाको ज्यान गएको छ ।

उनी शनिबार मध्यान्ह घरायसी कामबाट थाकेकी उनी नुहाउन गएकी थिइन् । जसै उनी नुहाउन धारामा पसिन्, ‘ऐय्या’ पनि भन्न पाइनन् ।

करेण्ट लागेर उनको मृत्यु भयो ।

क्वारेन्टिनमा बसेर घर फर्किएका व्यक्तिहरु धारामा पानी खान आएको भन्दै स्थानीय १९ बर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार जोडेका रहेछन् । त्यही करेन्ट लागेर तुलसीको ज्यान गयो ।

भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण हुनसक्ने र उनीहरु धारामा आए आफूहरुलाई पनि कोरोना सर्ने भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेका छन् । किमाडीलाई ईलाका प्रहरी कार्यालय, आदर्शले नियन्त्रणमा लिएको छ ।

मृतकको शवलाई अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment