+
+

काठमाडौंबाट यस्तो देखियो सूर्य ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १२:३७

७ असार, काठमाडौं । नेपालमा अहिले खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको सूर्य ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने छ ।

वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ ।

यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् आचार्यले जानकारी दिए ।

तस्वीरहरुः चन्द्र आले/आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?