+
+

इन्स्टाग्राममा आलियाको १५ लाख फलोअर्स किन घटे ?

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १२:३८

सामाजिक सञ्जाल इन्स्टाग्राम कलाकारको लोकप्रियता मापन गर्ने स्थान पनि हो । इन्स्टाग्राम अहिले कलाकारका लागि आफ्नै दैनिक गतिविधि जानकारी गराउने स्थानदेखि चलचित्रको प्रचार गर्ने राम्रो माध्यम बनेको छ।

तर सामाजिक सञ्जालमा कलाकारले जति तारिफ पाउँछन्, गाली पनि उत्तिकै पाउने गरेका छन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवादको बहस सुरु भएको छ ।

यो बहसमा सबैभन्दा बढी आलोचित नायिका आलिया भट्ट भएकी छिन् । आलियालाई अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा अनफलो गर्ने लहर नै चलेको छ ।

करिब ५ करोड फलोअर्स नजिक पुगेकी आलिया अहिले आलोचनाको शिकार बनेकी छिन् । उनलाई इन्स्टाग्राममा अनफलो गर्नेको संख्या १५ लाख पुगेको छ ।

चार करोड ८९ लाख फ्यान कमाएकी आलियालाई अहिले १५ लाखले अनफलो गरिसकेका छन् । अहिले उनको इन्स्टाग्राममा फलोअर्सको संख्या चार करोड ७४ लाख छ । सुशान्त सिंह राजपुत बलिउडमा व्याप्त परिवारवादको कारण डिप्रेसनमा गएको र आत्महत्या गरेको भन्दै उनका फ्यानले करण जोहर र आलिया भट्टको चर्को आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?