
७ असार, कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरीया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए ।
लामो समयदेखि क्वारेन्टिनमा रहेकाहरूको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको चौधरीले जानकारी दिए । उनले भने, ‘जेठको ३० गते उहाँको स्वाब संकलन गरिएको थियो । शनिबार पोजेटिभ रिर्पार्ट आयो ।’
उनलाई अहिले पथरीया स्वास्थ्य चौकीमै आइसोलेसन वार्ड तयार गरी त्यहीँ राखिएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा ६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । यसअघि कञ्चनपुरका २ जना, डडेल्धुराका २ जना र सेती प्रादेशिक अस्पतालमा १ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4