
७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका एक सामुदायिक विद्यालयका प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोषप्रसाद गुप्ताविरुद्ध ६ लाख माग दाबीसहित आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार गुप्ताले जिल्ला शिक्षा कार्यालय पर्साबाट भवन र शौचालय निर्माणका लागि आफ्नो नाममा ५ लाख र विश्वनाथ साह कानुको नाममा एक लाख गरी कुल ६ लाख रकम झिकेर हिनामिना गरेको आरोप छ । गुप्ताले विद्यालयमा कुनै पनि काम नगरी उक्त रकम हिनामिना गरी फरार रहेको आयोगको आरोपपत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4