+
+
Shares

गुल्मीमा ८ महिने शिशुसहित १४ जना कोरोना संक्रमितलाई घर पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १०:२५

८ असार, गुल्मी । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै गुल्मीमा आठ महिने शिशुसहित १४ जना संक्रमितलाई घर पठाइएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का आठ महिने शिशुसहित १४ जना डिस्चार्ज भएका रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

संक्रमित भएकाहरुमा कुनै पनि लक्षण नदेखिएकाले कोरोना मुक्त भए/नभएको जाँच नगरी घर पठाइएको अर्यालले बताए । ‘संक्रमण पुष्टि भएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिन वा आइसोलेसनमा राख्दा पनि कोरोना संक्रमणको लक्षण नदेखिए पुनः परीक्षण नगरी डिस्चार्ज गर्ने स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार उनीहरुलाई जाँच नगरी घर पठाइएको हो,’ अर्यालले भने ।

उनीहरु गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनीहरुलाई रेसुङ्गा नगरपालिका वडा नम्बर–१ को आइसोलेसनमा राखेर निगरानी गरिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?