+
+
Shares

भिडियोमा पलको क्रेज र मोह

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १२:४३

नायक पल शाहले अभिनय गरेको ‘ए है माया’ बोलको गीतले अहिले युट्युबको शीर्ष स्थान ओगटेको छ। सरोज वली र मेलिना राइले आवाज भरेको यो गीतले युट्युबमा भ्युज पनि गज्जबको पाएको छ। सार्वजनिक भएको छोटो समयमा नै १० लाख बढी भ्युज बटुलेको दीपक शर्माको संगीतमा तयार भएको गीतलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् ।

लकडाउनको समयमा नेपाली मनोरञ्जनात्मक सामग्री हेर्न नपाएका कारण पनि दर्शकले पलको यो भिडियोलाई निकै माया गरे । भिडियोमा सागर लम्साल, रियाषा दाहाल, सुरज श्रेष्ठलगायतको पनि मोडलिङ छ ।

गीत सार्वजनिक भएसँगै पलले यो भिडियोप्रति विशेष चासो राखेको देखियो । भिडियोको भ्युज, ट्रेन्डिङका अपडेट उनले गराइरहेका थिए। पल यो बिषम परिस्थितिमा पनि दर्शकले भिडियोलाई माया गरेको भन्दै आभार व्यक्त गरिरहेका छन् ।

पल शाह म्यूजिक भिडियोबाट उदाएर चलचित्रमा प्रवेश गरेका हुन् । यसैले भिडियोप्रति उनको मोह देखिन्छ । अर्कोतिर उनको म्युजिक भिडियोमा उस्तै क्रेज रहेको भिडियोको भ्युजले पनि बुझ्न सकिन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?