Comments Add Comment

वीरगञ्जमा डेढ वर्षका बालकले जिते कोरोना, उनीसहित ११ जना डिस्चार्ज

८ असार, वीरगञ्ज । वीरगञ्जमा डेढ वर्षका बालकले कोरोनालाई जितेर घर फर्किएका छन् । वीरगञ्जको नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालले उनीसहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरेको छ ।

डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र  ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।सखुवाप्रसौनी–२ गुलरियास्थित क्वारेन्टिनमा बस्दा सानो बच्चालाई ज्वरो आएपछि उनीहरुलाई रिफर गरेर वीरगञ्ज पठाइएको थियो । वीरगञ्जमा उनीहरुको पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले भने, ‘तीनै जना सखुवा प्रसौनीस्थित क्वारेन्टिनमा ५ दिन बसेका रहेछन् । संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा ६ दिनबसेपछि उनीहरुको पीसीआर परीक्षण गरेका थियौं । जसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरेका हौं ।’

त्यस्तै डिस्चार्ज हुनेमा जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एक जना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष छन् ।

गण्डक कोभिड अस्पताललमा अब ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन् ।

पर्सामा हालसम्म २ जना पत्रकार, ९ जना स्वास्थ्यकर्मी, ५ जना भारतीय नागरिक समेत गरी १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एउटा बेवारिसे शवमा पनि कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment