Comments Add Comment

दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी   

८ असार, तुलसीपुर । दाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

आइतबार बेलुका उनीहरुले जंगलबाट ल्याएको च्याउ खाएका थिए । बिरामी परेकामध्ये मैतीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment