Comments Add Comment

संघीय सरकारसँग प्रदेश २ को आग्रह– मल आपूर्तिमा गम्भीर बन

८ असार, जनकपुरधाम । प्रदेश २ को भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानका लागि मलको व्यवस्था गर्न संघीय सरकारको ध्यानकर्षण गराएको छ ।

मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशकै कुल उत्पादनमध्ये ३० देखि ४० प्रतिशतसम्म धान उत्पादन हुने प्रदेश २ मा अहिलेसम्म करिब २० प्रतिशत धान रोपाइँ भएको र अबको केही दिनमै मनसुन सक्रिय हुने हुँदा रोपाइँका बेला पर्याप्त परिमाणमा डीएपी र युरिया मल आवश्यक हुन्छ ।’

देशमा वर्षेनी ७ लाख मेट्रिक टन मल आवश्यक रहकेमा ३ लाख मेट्रिक टन प्रदेश २ लाई मात्र चाहिने हुँदा मल आपूर्तिमा थप गम्भीरता अपनाउन विज्ञप्तिमार्फत मन्त्री शैलेन्द्र साहले आग्रह गरेका छन् । उनले भनेका छन्- यो कुराको बोध संघीय सरकारलाई समेत भएको हुनुपर्ने कुरामा म विश्वस्त छु । मन्त्री साहले मलको उपलब्धताका लागि मल कारखाना स्थापना गर्न पनि संघीय सरकारसँग आग्रह गरेको छ ।

प्रदेश २ मा धानबालीका लागि मात्र करिब १ लाख मेट्रिक टन मल आवश्यक रहेकाले अहिले संघ सरकारले प्रदेश २ लाई उपलब्ध गराउने मल पर्याप्त नहुने निश्चित रहेको जनाउँदै बिज्ञप्तीमा भनिएको छ, “रोपाइँपछि माथिबाट छर्कने बेला अझ बढी परिमाणमा मलको आवश्यक्ता हुन्छ । यस बिषयमा समेत हामीले संघ प्रशासनका सरोकारबालाहरुलाई अवगत गराएका छौं ।”

यसअघि संघ सरकारले बिभिन्न लटमा आपूर्ती गरेको मल प्रदेश २ मा कम आएको र अबको लटमा आउने भनिएको १२ हजार मेट्रिक टन मल प्रदेश २ मै खपत गराउने व्यवस्थाका लागि विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

‘डीएपी, युरिया र पोटास भण्डारण गरी बढी मूल्यमा बिक्री बितरण गर्नेहरुको पहिचान गरी किसानलाई निर्धारित मूल्यमा सरल ढँगले मल उपलब्ध गराउनका लागि संघीय गृह प्रशासनको गम्भीरता आवश्यक छ’ विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment