+
+
Shares

उद्योग वाणिज्य महासंघको चुनाव साउन अन्तिम साता

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १५:३३

८ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचत साउन मसान्तमा गर्ने निर्णय भएको छ ।

आइतबार महासंघको पदाधिकारीहरु बैठक बसी साउन अन्तिम साता साधारण सभा गराउने निर्णय गरेको थियो ।

दाधिकारी बैठकले गरेको निर्णयलाई सोमबार कार्यसमिति बैठकले अनुमोदन गर्ने महासंघका उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए ।

चैतमा नै साधारणसभा गर्नु पर्नेमा कोभिड-१९ को महामारीका कारण मिति सारिएको थियो । जेठमा गर्ने भनिएको साधारणमा जेठमा पनि सम्भव भएन । त्यसपछि भएको तीव्र छलफलपछि साउन अन्तिम साता गर्ने सहमति जुटेको हो ।

साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदहरुका लागि भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किसोर प्रधानले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?