Comments Add Comment

कोरोना संक्रमित व्यक्तिमा पुनः संक्रमण किन फैलदैछ ?

कोरोना भाइरसबाट विश्वभरमा ९० लाख बढी संक्रमित छन् । यसमध्ये ४८ लाखले कोरोनालाई जितेका छन् । जबकी कोरोना भाइरस विरुद्ध कुनै औषधि वा खोप तयार भइसकेको छैन । यसैले जतिपनि कोरोनालाई जितेर घर फर्केका छन्, त्यसमा उनीहरुको प्रतिरक्षा क्षमताले खास काम गरेको छ । खासगरी शरीरको प्रतिरक्षा प्रणालीद्वारा बनेको एन्टीबडीजको कारण ।

सामान्यत शरीरमा कुनै भाइरस वा ब्याक्टेरियाका विरुद्ध जब एन्टीबडीज बन्छ, तब एन्टिबडिजले शरीलाई उक्त विशेष भाइरसबाट लामो समयका लागि रक्षा गर्छ । अर्थात केही बर्षसम्म वा जीवनभरका लागि एन्टिबडिजले सो भाइरसलाई हावी हुन दिदैन । तर, कोरोना भाइरसको हकमा अलि फरक नतिजा आएको छ ।

एक नयाँ अध्ययन अनुसार कोरोना भाइरसको विरुद्ध मानव शरीरमा जुन एन्टीबडिज बनेको छ, त्यसले बढीमा २–३ महिनासम्म मात्र असर गर्छ । के त्यसो भए कोरोना संक्रमित व्यक्ति निको भइसकेपछि पुन उनमा यो भाइरसको संक्रमण फैलने जोखिम छ ?

अहिलेका घटनाहरु हेर्दा यस्तै अनुमान गर्न सकिन्छ । अहिले कोरोना संक्रमित निरन्तर बढ्दो छ । उन्नत चिकित्सा पद्धती भएको मुलुक समेत कोरोना भाइरस सामु निरिह हुँदै आएको छ । विश्वका ४० बढी मुलुकमा कोरोना भाइरसको दोस्रो चरणको संक्रमण फैलने संकेत देखिएको छ

के यसको संक्रमण पुन दोहोरिन्छ ?

कोरोना भाइरस बिरुद्ध मानव शरीरमा जुन एन्टीबडिज बनेको छ, त्यसले केवल दुई–तीन महिनासम्म मात्र आफ्नो प्रभाव कायम राख्न सकेको देखिन्छ । किनभने कोरोनालाई जितेर घर फर्किएकाहरुमा केही महिना बित्न नपाउँदै पुन संक्रमण फैलिएको घटना धेरै देखिएको छ ।

कोरोना भाइरस एन्टीबडीजमाथि गरिएको एक अध्ययन जुन, नेचर मेडिसिन नामक जर्नलमा प्रकासित भएको छ । उक्त शोधका लागि वैज्ञानिकले ३७ जना यस्ता व्यक्तिलाई छनौट गरे जुन भाइरस परीक्षणमा पोजेटिभ आएका थिए । जबकी उनीहरुको शरीरमा कुनै लक्षण देखिएको थिएन । उनीहरुको शरीरमा जुन एन्टिबडिज बनेको थियो, त्यसलाई अरु ३७ जनाको शरीरमा बनेको एन्टिबडिजसँग तुलना गरियो । यसबाट के थाह पाइयो भने, जुन व्यक्तिको शरीरमा लक्षण देखिएको थिएन, उनीहरुको एन्टिबडिज एकदम कमजोर थियो ।

लक्षण नदेखाएको ८१ प्रतिशत व्यक्तिको एन्टिबडिज आठ हप्तामै निस्क्रिय हुन थाल्यो । जबकी जुन व्यक्तिमा लक्षण देखिएको थियो उनीहरुको ८ हप्तापछि यो एन्टिबडिज ६२ प्रतिशतसम्म निस्क्रिय देखिए । लक्षण नै नदेखिएका ४० प्रतिशत व्यक्तिको एन्टिबडिज त एकदमै कमजोर देखिए ।

वैज्ञानिकका अनुसार यो अध्ययन अहिले सानो स्तरमा मात्र गरिएको छ । तर, यसले कोरोना प्रवृत्तिका सम्बन्धमा  मोटामोटी अवस्था देखाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment