+
+
Shares

गुल्मीमा ४४ जना कोरोना संक्रमित थपिए 

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १९:३५

८ असार, गुल्मी । गुल्मीमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु, काठमाडौं र प्रदेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीमा सोमबार ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा मालिका गाउँपालिकाका ९, इस्मा गाउँपालिकाका ३२, मुसिकोट नगरपालिकाका १ र रुरुक्षेत्र गाउँपालिकाका २ जना गरी कुल ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । यससँगै गुल्मीमा संक्रमितको संख्या २३७ पुगेको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको आचार्यले बताए । संक्रमितमध्ये २० जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?