Comments Add Comment

गण्डकी प्रदेशमा थपिए ५३ कोरोना संक्रमित

८ असार, काठमाडौं । गण्डकी प्रदेशका थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देनालयका अनुसार तनहुँमा १७ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये बन्दीपुरका १० जना छन् भने भिमाद र आँबुखैरेनीका ३/३ र घिरिङका एक जना छन् ।

यस्तै स्याङ्जाका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुमध्ये ६ जना अर्जुनचौपारी, दुई जना कालिगण्डकी र एक जना बालिङका छन् ।

बाग्लुङमा ८ संक्रमित थपिएका छन् । ताराखोलाका ७ र निसिखोलका एक जना हुन् । यस्तै गोरखामा ११ जना छन् । भिमसेनका ५ जना छन् भने गण्डकी र सहदीलखन पालिकाका ३/३ जना छन् ।

यस्तै लमजुङका ५ जना, पर्वत, नवलपुर र कास्कीका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment