Comments Add Comment

विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

कोरोना महामारीबाट ४ लाख ७० हजार बढीको मृत्यु

९ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ९० लाख ५७ हजार ५ सय ५५ पुगेको हो ।

हालसम्म कोरोना महामारीका कारण विश्वभर ४ लाख ७० हजार ७१६ जनाको मृत्यु भइसकेको छ ।

कोरोना महामारीबाट अमेरिका सबैभन्दा प्रभावित भएको छ । अमेरिकामा २३ लाख १० हजार ३ सय ३४ जना संक्रमित छन् भने कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २० हजार ३ सय ९४ पुगेको छ ।

कोरोना संक्रमणबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ११ लाख ४ हजार बढी संक्रमित र ५१ हजार २ सय २८ जनाको मृत्यु भएको छ ।

रुसमा ५ लाख ९१ हजार ४ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको । कोरोनाकै कारण रुसमा ज्यान गुमाउनेहरुको संख्या ८ हजार १ सय ९६ छ ।

संक्रमित व्यक्तिहरुको आधारमा भारत चौथो स्थानमा छ । भारतमा ४ लाख २५ हजार बढी संक्रमित रहेको र १३ हजार ६ सय बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment