+
+
Shares

गोरखामा ३ वर्षीय बालकसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

बिकास मरहट्टा  बिकास मरहट्टा 
२०७७ असार ९ गते १५:२२

९ असार, गोरखा । गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भीमसेन थापा गाउँपालिकाका १२, शहीद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।

मंगलबार थपिएका संक्रमितमा ३ वर्षीय बालकदेखि ५८ वर्ष उमेर समूहका छन् । उनीहरु मध्ये अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका हुन् ।

समुदायमा संक्रमण

भीमसेन थापा गाउँपालिकाका १२ जनामध्ये वडा नम्बर ६ को ११ जना र वडा नम्बर १ को एक जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । वडा नम्बर ६ का ३ जना संक्रमित महिलाको सम्पर्कमा पुगेका समुदायका व्यक्ति हुन् ।

जेठ २८ गते रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएकी २८ वर्षकी  महिलाको आमा, छोरी र छिमेकी ३ वर्षका बालकमा कोरोना संक्रमण भएको हो ।

त्यस्तै वडा नम्बर ६ का ८ जना र वडा नम्बर १ का १ जना भारतबाट आएर क्वारेन्टिनमै बसेकाहरु हुन् ।

संक्रमितमध्ये शहीद लखन गाउँपालिकाका ३ जना छन् । वडा नम्बर ७ को २ र वडा नम्बर ९ को एक जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।

उनीहरुमध्ये एक जना चितवनबाट र अरु भारतबाट आएर क्वारेन्टिन बस्दै आएकाहरु हुन् ।

मंगलबार नै गण्डकी, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाका १/१ जना संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?