Comments Add Comment

गणपूरक संख्या नपुगेपछि जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा स्थगित

९ असार, जनकपुरधाम । विवादका बीच जनकपुरधाम उपमहानगरपालिकाको मंगलबार आयोजना गरिएको नगर सभा बैठक स्थगित गरिएको छ । नगरसभाका लागि गणपूरक संख्या नपुगेको भन्दै नगरपालिकाले बैठक स्थगित गर्ने सूचना जारी गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मीले नगर सभाको गणपूरक संख्या पुग्न नसकेकाले स्थगित गरिएको बताए । उनले अब यो बैठक बुधबार बस्ने बताएका छन् ।

नगर सभा बैठक बस्ने दिन मंगलबार बिहानैदेखि जनकपुरधामका केही वडाध्यक्ष र सदस्यहरू उपमहानगरपालिकाका कार्यालय अगाडि धर्ना दिएर नाराबाजी गरेका थिए।

यसअघि सोमबार साँझ बसेको योजना समितिको बैठकमा मेयर लालकिशोर साहले आफूखुसी योजना बनाएर हस्ताक्षर गराउन लागेको भन्दै वडाध्यक्षहरू विवादमा उत्रिएका थिए ।

त्यस क्रममा मेयर पक्षधर र वडा अध्यक्ष र सदस्यबीच झडपसमेत भएको थियो । त्यसपछि वडाध्यक्षहरूले एक दर्जनभन्दा बढी कुर्सीसमेत तोडफोड गरेको मेयर पक्षधरले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment