Comments Add Comment

कैलालीको एउटै वडामा ५ महिने शिशुसहित ४३ जनामा कोरोना संक्रमण

१० असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा मंगलबार एकै दिन ५ महिने शिशु सहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु एउटै वडाका ४३ जनासम्म छन् ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४६ तथा बाजुरा, कञ्चनपुर र बझाङमा १/१ जना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तीमध्ये १५ जना महिला र २९ जना पुरुष रहेको रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

कैलालीको गोदावरी नगरपालिकामा ५ महिने शिशुसहित ४४ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ४३ जना एउटै वडाका हुन् ।

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतका अनुसार वडा नम्बर १२ का ४३ जनामा संक्रमण पुष्टि भएको छ । १ जना संक्रमित भने वडा नम्बर ११ का रहेको उनले बताइन् ।

मंगलबार गोदावरी नगरपालिकामा ५ महिने शिशुसँगै ३ र ४ वर्षकी बालिकामा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् ।

योसँगै गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । जसमा एक जनाको मृत्यु भएको छ भने १ जना निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment