Comments Add Comment

प्रहरी चौकीका इन्चार्जलाई आपत्तिजनक अवस्थामा गाउँलेले समाते

झाले प्रयोग गरेको मोटरसाइकल ।

१० असार, रौतहट । जिल्लाको एक प्रहरी चौकीका इञ्चार्ज गएराति आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।

बसन्तपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जिव झालाई एक महिलासँग आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको छ । असई झा राजदेवी नगरपालिकाको वडा नं. २ मा एक महिलालाई भेट्न राति पुगेका थिए । त्यहीँ सामुदायिक भवन घेरेर स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालयको टोली पुगेपछि मात्र उनलाई छाडिएको थियो ।

जनताको सुरक्षाका लागि खटिने प्रहरी नै मध्यरातमा आपत्तिजनक अवस्थामा पक्राउ परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले झा के कारणले मध्यराति महिलालाई भेट्न गए भन्ने विषयमा अनुसन्धान थािलएको बताए । उनले भने, ‘महिलासँग पनि सोधपुछ थालेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment