+
+
Shares

सुरु भयो रातो मत्स्येन्द्रनाथको रथ निर्माण (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १६:४८

१० असार, काठमाडौं । खडेरीबाट मुक्त हुनको लागि ललितपुरमा सबैभन्दा लामो समय मनाइने रातो मत्स्येन्द्रनाथको रथ निर्माणको काम फेरि सुरु भएको छ ।

कोभिड १९ को महामारीका कारण जारी लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको सो रथयात्राका लागि रथ निर्माणको काम सुरु गरिएको पाटनको तलेजु भवानी मन्दिरका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिए ।

विधिपूर्वक मत्स्येन्द्रनाथलाई स्नान गराएर रथ निर्माणको काम गर्नुपर्नेमा रथ निर्माणअघि नै सो काम स्थगित भएको सूचना जारी गरिएको थियो । तर समयमा रथयात्रा नगर्दा काठमाडौंवासीले ठूलो खडेरीको सामना गर्नुपर्ने भयका कारण रथ निर्माणको काम फेरि सुरु गरिएको राजोपाध्यायले जानकारी दिए ।

उनका अनुसार दशैंसम्म रथयात्रा नगर्ने हो भने रथलाई भक्तपुर लैजानुपर्छ भन्ने मान्यता रहेको छ । त्यही कारणले पनि छिटै रथयात्राको तयारी गरिएको हो । रथ निर्माण गरेपछि रथयात्राको मिति भने शुभ मुहूर्त हेरेर तय गरिने उनले बताए ।

पहिले पनि गुठी संस्थानले लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर रथ निर्माण सुरु गरिने बताइएको थियो ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ । तर २०७२ सालमा गएको विनाशकारी भूकम्पको समयमा समेत तोकिएको मितिमा रथयात्रा हुन नसकेपछि ढिलागरी रथयात्रा गरिएको थियो ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?