 
																			१० असार, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाकाले आर्थिक वर्ष ०७७/०७८ का लागि दुई अर्व ३४ करोडको बजेट ल्याएको छ । नगरसभाको पाँचौ अबिधेशनको तेस्रो बैठकमा बुधबार उपमेयर माया शर्माले दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट पेस गरेकी हुन् ।
पुँजीगततर्फ नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि एक अर्ब ६८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । जुन कुल बजेटको ७२ प्रतिशत हो ।
यसैगरी चालुतर्फ अन्य कार्यक्रमहरु, प्रशासनिक र सञ्चालन खर्चसमेत गरी ६६ करोड २० लाख ६४ हजार विनियोजन गरिएको उपमेयर शर्माले जानकारी दिइन् । यो कुल बजेटको २८ प्रतिशत हो ।
यो बजेटमा तुलसीपुर चक्रपथ निर्माणका लागि एक करोड ४० लाख, तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि २ करोड प्रदेश सरकार मार्फत बजेट व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र २ वटा उद्योग ग्राम निर्माण गर्न, तुलसीपुर ट्रेड टावर व्यवसायिक भवन निर्माण गर्न, एक वडा एक नमूना विद्यालय सञ्चालन गर्न, एक विद्यालय एक खेल शिक्षक व्यवस्था गर्न, वडावडामा खुल्ला व्यायामशाला निर्माण गर्न, उन्नत बिउ उत्पादन वितरण, मर्जर हुने सहकारीलाई अनुदान, एक घर, एक रोजगारको अभियानलगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4