Comments Add Comment

अख्तियार विधेयकले आर्थिक गतिविधिमै गम्भीर धक्का लाग्छ : एफएनसीसीआई र सीएनआई

१० असार, काठमाडौं । उद्योगी-व्यवसायीहरूका दुई ठूला संगठन नेपाल उद्योग, वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल उद्योग परिसंघ (सीएनआई)ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ जस्ताको तस्तै पारित भए मुलुकको अर्थतन्त्रमा गम्भीर धक्का लाग्ने बताएका छन् ।

बुधबार यी दुई संगठनले प्रेस वक्तव्य जारी गर्दै निजी क्षेत्रलाई नियन्त्रण गर्ने किसिमको उक्त विधयेकमा भएको व्यवस्था हटाउन माग गरेका हुन् । विश्व नै केरोनाको त्रास र चपेटामा परेको र अर्थतन्त्र ठप्प प्राय भएको वर्तमान अवस्थामा आएको विधेयकको यस्तो नियन्त्रणकारी प्रावधानले नेपालको निजी क्षेत्र थप चिन्तित भएको विपत्तिमा उल्लेख गरिएको छ।

‘निजी क्षेत्रबाट सञ्चालित उद्योग/प्रतिष्ठान/कम्पनीलाई नियमन गर्ने सम्बन्धमा प्रचलित कानुनले अन्य धेरै नियमनकारी निकायहरू व्यवस्था गरेको र ती नियमनकारी निकायहरू स्वयं अख्तियारको निगरानीमा रहन्छन्’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो व्यवस्था हुँदाहुँदै निजी क्षेत्रलाई नियमन गर्न पुनः अख्तियार (संवैधानिक निकाय) मार्फत प्रस्तावित विधयेकको प्रावधानले निजी क्षेत्र थप हतोत्साहित भएको छ र यसबाट मुलुकभित्र लगानीको वातावरण अनुकूल नबन्ने निष्कर्ष सम्पूर्ण निजी क्षेत्रको छ ।’

अख्तियारबाट हुने अनुसन्धानमा निजी क्षेत्रबाट सञ्चालित उद्योग/प्रतिष्ठान/कम्पनी, बैङ्क, मेकिडल कलेजलगायतका निकायलाई समेत समेट्ने उद्देश्य विधेयकमा उल्लेख गरिएको छ । मंगलबार नै राष्ट्रियसभाबाट उक्त विधेयक पारित गर्न लागिएको भए पनि अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको थियो । यद्यपि, नेकपाले पनि उक्त विधेयक तत्काल अघि नबढाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment