+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पूर्व मुख्यसचिव पौडेल गृहजिल्लामा धान रोप्न व्यस्त

अनिल खत्री अनिल खत्री
२०७७ असार ११ गते ८:०२

११ असार, गुल्मी । पूर्व मुख्यसचिव तथा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौडेल गृहजिल्ला गुल्मीमा धान रोप्न व्यस्त छन् । पौडेलको घर रुरु क्षेत्र गााउँपालिका वडा नम्बर-५ को बम्घामा पर्दछ। पौडेलले आफ्नै खेत घिउबेँसीमा पुगेर धान रोपाइँ गरे ।

जागिरे अवधिमा पनि गृह जिल्ला आएको बेलामा समेत कृषि क्षेत्रसँग नजिक रहेर काम गर्ने गरेको उनले सुनाए।

केपी ओली नेतृत्वको वर्तमान सरकारले चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाएर डा. महेन्द्रबहादुर पाण्डेलाई राजदूत बनाएको छ ।  पौडेल गृहजिल्ला गुल्मी आएको ५ हप्ताभन्दा धेरै भइसकेको छ । यो अवधिमा कृषि कर्मका काममा व्यस्त भएको उनले बताए । उनले आफ्नो दैनिकी खेतमै बितिरहेको बताए ।

पौडेल गृहजिल्लाका क्वारेन्टिनमा पुगेर मनोसामाजिक परामर्श पनि दिने गरेका छन् । रुरु क्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकाका १४ वटा क्वारेन्टिनमा पुगेर मनोसामाजिक परामर्शअन्तर्गत डर त्रास, चिन्ता, तनावको अत्य कसरी गर्ने भन्ने विषयमा परामर्श दिएको उनले उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?