Comments Add Comment

आलियाको इन्स्टाग्राममा प्रतिक्रिया दिन नमिल्ने

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका केही स्टार किड्सको निरन्तर आलोचना भइरहेको छ । बलिउडमा ‘नेपोटिज्म र ग्रुपिज्म’लाई प्रोत्साहित गर्नमा केही स्टारका छोराछोरीको हात रहेको भन्दै आलोचना हुने गरेको हो ।

नायिकाहरू आलिया भट्ट, करिना कपुर, अनन्या पाण्डेका साथै निर्माता करण जोहरको समूहले यो फोहोरी खेल खेल्ने गरेको आरोप फ्यानहरूले लगाएका छन् । यही कारणले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा उनीहरूलाई अनफलो गर्ने क्रम चलेको मात्र छैन, प्रतिक्रियामा पनि धेरै गाली देख्न सकिन्छ ।

अत्यधिक मात्र नराम्रा प्रतिक्रिया आउन थालेपछि यी कलाकारले इन्स्टाग्राममा कमेन्ट नै गर्न नमिल्ने बनाएका छन् ।

नायिका आलिया भट्टले नायक सुशान्त सिंह राजपुतको निधनपछि श्रद्धाञ्जलि व्यक्त गर्दै इन्स्टाग्राममा उनको फोटो पोस्ट गरेकी थिइन् । उक्त पोस्टमा अत्यधिक गाली आएपछि आलियाले सबै प्रतिक्रिया हटाएकी छिन् ।

यस्तै, करिना, अनन्या, करणलगायतले पनि कमेन्ट गर्नै नमिल्ने बनाएका छन् । नायिका सोनाक्षी सिन्हाले त ट्विटरबाट बिदा लिने निर्णय नै गरिसकेकी छिन्।

बिहारमा नायक सलमान खान, करण जोहर, एकता कपुरलगायतका कलाकारविरुद्ध निरन्तर आन्दोलन पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment