Comments Add Comment

अख्तियार विधेयक अघि नबढाउन देउवा सकारात्मक

११ असार, काठमाडौं । निजी क्षेत्रलाई तर्साउने गरी आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ अघि नबढाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन्।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटघाटका क्रममा सभापति देउवाले निजी क्षेत्रलाई तर्साउने विधेयक अघि नबढाउन आफ्नो सहमति हुने बताएका हुन् ।

देउवालाई भेट्न बुधबार बिहान महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष सतिशकुमार मोर, महासंघ उपाध्यक्ष किशोर प्रधानलगायतको टोली उनको निवास पुगेको थियो ।

भेटमा उद्योगी-व्यवसायीहरूले अख्तियार विधेयक सोही अवस्थामा पारित भए निजी क्षेत्रको मनोबल घट्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर गर्ने धारणा राखेका थिए ।

निजी क्षेत्रलाई नियमन गर्नका लागि हरेक मन्त्रालयमा कुनै न कुनै निकाय भएको भन्दै अख्तियारले आफ्नो उद्देश्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताएका थिए । उद्योगी-व्यवसायीहरूको भनाइपछि सभापति देउवाले यसमा आफ्नो सकारात्मक भूमिका हुने बताएको सहभागी एक उद्योगीले अनलाइनखबरसँग बताए ।

‘सभापतिज्यू सकारात्मक हुनुहुन्छ, उहाँले विधेयक अघि नबढाउन आफ्नो भूमिका रहने बनाउनु भएको छ’ ती उद्योगीले भने ।

अख्तियारबाट हुने अनुसन्धानमा निजी क्षेत्रबाट सञ्चालित उद्योग/प्रतिष्ठान/कम्पनी, बैङ्क, मेकिडल कलेजलगायतका निकायलाई समेत समेट्ने उद्देश्य विधेयकमा उल्लेख गरिएको छ ।

गत मंगलबार नै राष्ट्रियसभाबाट उक्त विधेयक पारित गर्न लागिएको भए पनि अन्तिम समयमा आएर कार्यसूचीबाट हटाइएको थियो । उता सत्तारुढ दल नेपाल कम्युनिट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पनि उक्त विधेयक तत्काल अघि नबढाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment