+
+
Shares

मुसिकोट नगरपालिकाको बजेट ६२ करोड ४० लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १३:२१

११ असार, गुल्मी । मुसिकोट नगरपालिकाकाले आर्थिक वर्ष ०७७/७८ को लागि ६२ करोड ४० लाख १० हजार बरावरको बजेट नगरसभामा प्रस्तुत गरेको छ । उपमेयर कमला शर्माले चालु खर्च तर्फ ३९ करोड २ लाख ४२ हजार र पुँजीगततर्फ २३ करोड ६७ लाख ६८ हजार विनियोजन गरेको जानकारी गराइन् ।

जसमध्ये आर्थिक विकासतर्फ ७ करोड २४ लाख ९० हजार, कृषि तर्फ २ करोड १९ लाख ३५ हजार, पशुपक्षी विकास तर्फ १ करोड १४ लाख ७० हजार, पूर्वाधार विकास तर्फ ९ करोड ६६ लाख ७५ हजार वजेट विनियोजन गरिएको छ ।

मुसिकोट नगरपालिकाले कृषि क्षेत्रको विकास तथा रोजगारीलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम ल्याएको छ । कृषि तथा स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग व्यवसायको ऋणको व्याजमा ५० प्रतिशत अनुदानको व्यवस्था, प्लाष्टिक टनेलमा ९० प्रतिशत अनुदान, प्लाष्टिक पोखरीमा ८० प्रतिशत अनुदान, कृषि यन्त्र उपकरणहरुमा कृषकलाई ५० प्रतिशत अनुदान दिइ यान्त्रीकरण गर्ने, बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई २ लाख सम्म विना धितो सुलभ कर्जा उपलब्ध गराउने उल्लेख छ ।

युवालाई स्वरोजगार बनाउन २० लाखसम्म सुलभ कर्जा उपलब्ध गराउने, नगरपालिकामा श्रम बैंक स्थापना गर्ने लगायतको नीति पनि लिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?