Comments Add Comment

मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक जना घाइते

११ असार, काठमाडौं । मकवानपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–२ कालापानी बस्ने १७ वर्षीया सम्झना घिसिङ र सोही ठाउँ बस्ने २५ वर्षीया बिना घिसिङ रहेका छन् ।

आफ्नै घरमा बसिरहेको अवस्थामा बुधबार राति चट्याङ पर्दा सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो भने बिना गम्भीर घाइते भएकी थिइन् । बिनाको उपचारको क्रममा प्रथामिक स्वास्थ्य चौकी बकैयामा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

चट्याङले सोही ठाउँ बस्ने १४ वर्षीय किरण जिम्वा घाइते भएकी छन् । उनको बकैयास्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment