Comments Add Comment

के हो भ्रमण प्राणायाम ?

प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो । प्राणायामले शरीरमा अक्जिनको अभाव पूर्ति गर्नका साथै मनलाई स्थिर र शान्त राख्न सघाउँछ ।

भ्रमणको अर्थ हो घुमफिर । त्यसैले ‘भ्रमण प्राणायाम’को अभ्यास घुम्दै, टहलिँदै गरिन्छ । भ्रमण प्राणायाम एक प्रकारको श्वासप्रश्वास विधि पनि हो । यो प्राणायामको अत्यन्त सरल रुप हो । यसमा व्यक्तिले आफ्नो सासलाई विशेष प्रकारबाट भित्र लैजान्छ र फेरि बाहिर छोड्छ ।

यसरी गरौं भ्रमण प्राणायाम

-यो प्राणायाम गर्दा बगैँचा वा कुनै खुला स्थानमा टहल्न सक्नुहुन्छ ।  यसरी टहल्दा संगीत वा अन्य कुरामा ध्यान मोड्नेभन्दा पनि आफ्नो श्वसप्रश्वासमा केन्द्रित गर्नुपर्छ । गहिरो सास लिने, छाड्ने अभ्यास गर्नुपर्छ ।

– सासभित्र लिँदा एकदेखि चारसम्म गन्नुहोस् । त्यसपछि सास छाड्ने गरौं ।

-सास लिँदा अंक गन्नुको साटो कुनै राम्रो विचारको ध्यान पनि गर्न सकिन्छ । यसका अतिरिक्त यो प्रााणायाममा सास लिनुभन्दा छोड्न धेरै समय लगाउनुपर्छ । यो क्रिया गर्दा जबसास भित्र लिनुहुन्छ, यसलाई ४ देखि ५ कदमसम्म रोकेर राख्ने, अनि छाड्ने । आफ्नो सास रोक्ने क्षमतालाई बिस्तारैबिस्तारै बढाउँदै १० देखि १५ पटकसम्म गर्नुपर्छ ।

-सुरुवातमा यो प्राणायाम गर्दा आधा घन्टा टहलिने प्रयास गरिन्छ। जसमा सासभित्र लिने र छोड्ने अभ्यास सुरुवात र अन्त्यको २ मिनेट तथा बीचको दुई मिनेट गरिन्छ । अभ्यासमा निपुर्ण भएपछि यसलाई ४ मिनेटसम्म लम्ब्याउन सकिन्छ ।

प्राणायामका फाइदा

– भ्रमण प्राणायामको नियमित अभ्यास गर्दा शारीरिक कमजोरी हट्नुका  साथै फोक्सो पनि बलियो हुन्छ।

– यो प्राणायाम अभ्यास गर्ने व्यक्तिहरूको मुटु बलियो हुनुका साथै हृदयघात हुने सम्भावना कम हुन्छ ।

– यसबाट कम उमेरमै कपाल झर्ने, फुल्ने आदि समस्याबाट छुट्कारा मिल्छ। कपालको समस्या हटाउनका लागि यो प्राणायाम गर्नैपर्छ ।

-यसको नियमित अभ्यासले धेरै प्रकारका रोगहरू जस्तै टीबी, श्वासप्रश्वास सम्बन्धी रोग, टाइफाइड आदिबाट बचाउँछ ।

नोट : यो प्राणायाम गर्नुभन्दा अगाडि स्वास्थ्यमा कुनै प्रकारको समस्या त छैन भनेर चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment