Comments Add Comment

अख्तियारलाई निजी क्षेत्रको छानबिन दिन खोज्नु विवेकहीन र गलत : राप्रपा

११ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको पनि छानबिन गर्ने जिम्मा दिन सक्ने गरी कानून नबनाउन आग्रह गरेको छ ।

राप्रपा अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले बिहीबार जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘देशको अर्थव्यवस्थामाथि आएको यस संकटको घडीमा निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ । अतः यो प्रावधान अगाडि बढाउन नहुने राप्रपाको स्पष्ट धारणा छ ।’

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा संशोधन गर्न ल्याएको विधेयकमा निजी क्षेत्रमाथि पनि अख्तियारले छानबिन गर्न पाउने प्रावधान  राखिएको छ । राप्रपाले उक्त प्रावधानले निजी क्षेत्रको मनोबल घटाउने बताएको छ ।

‘आज देश ठूलो आर्थिक संकट र बेरोजगारीको भूमरीमा परेको छ । यस्तो अवस्थामा देशको निजी क्षेत्रको मनोबल बढाइ साथ लिएर संकटसँग जुध्ने सरकारी रणनीति हुनु पर्ने हो’ राप्रपाको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment