Comments Add Comment

सुदूरपश्चिममा १० दिनमै १२ सय संक्रमित थपिए, १२७ जना डिस्चार्ज

११ असार, डोटी । सुदूरपश्चिम प्रदेशमा असार १ गतेयताको १० दिनमा एक हजार दुई सय ७२ संक्रमित थपिएका छन् ।

जेठ ३२ गतेसम्म दुई सय ६० जना संक्रमित भेटिएकामा असार १० गतेसम्म संक्रमितको संख्या एक हजार पाँच सय ३२ पुगेको छ ।

सुदूरपश्चिममा असार १ गते ६६, २ गते १७, ३ गते ३१, ४ गते २२४, ५ गते १७१ जना संक्रमित थपिए । त्यस्तै ६ गते १६१, ७ गते ७६, ८ गते १३७, ९ गते ११७ र १० गते २७२ जना संक्रमित थपिए ।

१० दिनको अवधिमा कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु भएको छ । यस अवधिमा विभिन्न जिल्लाबाट एक सय २७ जना संक्रमित निको भएर घर फर्किएका प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चैत १४ गते दुवईबाट आएका कैलालीे धनगढीका युवकमा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment