+
+
Shares

दिल्लीमा करिब ३ करोड व्यक्तिमा स्क्रिनिङ गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १९:१५

११ असार, काठमाडौं । भारतको दिल्लीमा बसोबास गर्ने करिब तीन करोड व्यक्तिको स्क्रिनिङ गरिने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरस (कोभिड-१९) को लक्षण भएका मानिसहरुको पहिचानका लागि उनीहरुको स्क्रिनिङ गरिन लागेको बताएका छन् ।

यो महत्वाकांक्षी योजनाअनुसार दिल्ली सरकारले घर-घरमा गएर मानिसहरुको सर्भे गर्नेछ । दिल्लीमा कोरोना भाइरसका संक्रमितको संख्या मुम्बईमा भन्दा पनि धेरै भएपछि दिल्ली सरकारले यस्तो निर्णय गरेको हो ।

अहिले दिल्लीमा कोरोना भाइरसका संक्रमितको संख्या ७० हजार नाघिसकेको छ । सहरका अस्पतालमा बेडको अभाव देखिएको छ । त्यसैले मृत्यु हुनेको संख्या पनि बढिरहेको बताइएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?