Comments Add Comment

राजु सदाको मृत्युबारे छानबिन समिति गठन

मृतकको शवसँगै परिवारका सदस्य तथा गाउँले

११ असार, जनकपुरधाम । धनुषाको हंसपुरका राजु सदाको आइसोलेसन वार्डमै भएको मृत्युबारे छानविन गर्न प्रदेश २ सरकारले समिति बनाएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन उपसचिव दिलिपकुमार प्रधान छन् ।

७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताएका छन् ।

समितिले उपचारमा संलग्न चिकित्सकको टोलीले दिएको मेडिकल अडिट प्रतिवेदनका साथै अन्य सान्दर्भिक तथ्य, तथ्यांक र सूचना र सोको श्रोत समेत गहन अध्ययन विश्लेषण गरी आफ्नो प्रतिवेदन पेश गर्ने घिमिरेले बताए । उपचार व्यवस्थापन वा सेवा प्रवाहमा कहीँ कतै कमी कमजोरी वा लापर्वाही भएको पाइए जिम्मेबार व्यक्तिलाई कारबाही गरिने बिज्ञप्तीमा उल्लेख छ ।

जेठ ३ गते भारतको अहमदावादबाट आएका राजुलाई गाउँकै क्वारेन्टिनमै राखिएको थियो । १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो । त्यही उनको स्वाब संकलन गरिएको थियो । तर समयमै रिपोर्ट नआएका कारण उनले झाडापाखालाको समेत राम्रो उपचार पाएनन् र सोमबार मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment