Comments Add Comment

एयरबीएनबी : निर्माणमा १२ वर्ष लाग्यो, ६ सातामा ध्वस्त भयो !

१२ असार, काठमाडौं । तपाईंको कुनै सपना पूरा हुन दशकभन्दा पनि बढी लामो समय लाग्छ । साथै कुनै एउटा महामारी आउँछ र तपाईंको सपना चकनाचुर पारिदिन्छ ।

अहिले त्यस्तै अवस्था एयरबीएनबीका सीईओ ब्रियन चेस्कीले भोगिरहेका छन् । यसै वर्ष आएको कोभिड–१९ को महामारीको कारण उनको व्यवसाय चौपट भएको छ ।

‘हामीलाई एयरबीएनबी निर्माण गर्न १२ वर्ष लाग्यो र हामीले चारदेखि ६ सातामा सबै गुमायौँ’, सीएनबीसीसँगको एक अन्तर्वार्तामा उनले भने । उनको कम्पनी यस वर्ष पब्लिक कम्पनी बन्ने प्रयास गरिरहेको थियो र महामारीको कारण कम्पनीको यो योजना रोकिएको छ ।

चेस्कीले अहिले विश्वले सामना गरिरहेको महामारीका कारण एयरबीएनबीको भविष्य अनिश्चित बनेको बताए । उनले भने, ‘हामीलाई थाहा थाहा छ कि अहिले पर्यटन व्यवसाय सकिइसकेको छ । म यात्रा नै सकियो भनेर त भन्दिनँ तर हामीलाई थाहा भएको मोडल भने अब सकिइसकेको छ र पुनः यो मोडल फर्किन सक्दैन ।’

एयरबीएनबीका सीईओले अहिले कम्तीमा अमेरिकामा अहिले व्यवसायमा सुधार आइरहेको भए पनि गलत आशा आफूले नराख्ने बताएका छन् । साथै, कम्पनी अहिले समस्याबाट पूर्णरुपमा बाहिर भने नरहेको उनको भनाइ छ ।

एयरबीएनबी एक अनलाइन बजार र आतिथ्य सेवा प्रदान गर्ने कम्पनी हो । यो कम्पनीले आवास, होमस्टे र अन्य पर्यटकीय अनुभवको लागि आवयक व्यवस्थापनको काम गर्ने गरेको छ । विशेषरी यो कम्पनीले बिचौलिया (दलाल) कम्पनीको रुपमा काम गर्छ । प्रत्येक बुकिङबाट यो कम्पनीले मानिसहरुसँग केही कमिसन लिने गर्छ ।

स्रोत : इन्टरप्रेनर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment