Comments Add Comment

नेपालको जनसंख्या तीन करोड नाघ्यो

१२ असार, काठमाडौं । बोलीचालीका क्रममा नेपालको जनसंख्या तीन करोड भन्न थालेको धेरै वर्ष भइसकेको छ ।

अब भने जनसंख्याको घडीअनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ ।

२०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

जनसंख्याले दिएको अवसर

दैनिक जनसंख्या वृद्धि एक हजारदेखि एक हजार एक सय रहेको विभागले जानकारी दिएको छ । जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन् ।

लामिछानेका अनुसार जन्मदर र मृत्युदर दुवै घट्दो क्रममा छ । बसाइँसराइ अनुपातमा भने खासै फरक नआएको उनले जानकारी दिए ।

श्रम बजारमा १५ देखि ६० वर्षलाई उत्पादनशील जनसंख्या मानिन्छ । नेपालका झण्डै दुई तिहाइ जनसंख्या १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका रहेको जानकारहरू बताउँछन् ।

जनसंख्याका प्राध्यापक डा. योगेन्द्रबहादुर गुरुङ जनसंख्यामा यस्तो अनुकूलकता सधैं नआउने बताउँछन् । उनी भन्छन्, ‘देशले आर्थिक समृद्धि हासिल गर्नका लागि सबैभन्दा उपयुक्त जनसंख्याको आकार यही हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment