Comments Add Comment

जिल्ला अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी

१२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी थालेको छ ।  हेटौंडामा रहेको जिल्ला अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने निर्णय गरेको सरकारले प्रतिष्ठानको अध्यापन र कार्यालय हेटौंडा उपमहानगरपालिका ८ मा राख्ने तयारी गरेको छ ।

जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाको लगानीमा उपमहानगरको-८ नम्बरमा ऐतिहासिक लोकतान्त्रिक पार्कमा निर्माणाधीन भवनमा अध्यापनसहित प्रष्तिठानको कार्यालय राख्ने तयारी सरकारले गरेको हो ।

प्रतिष्ठान राख्ने तयारी स्वरुप मुख्यमन्त्री डोरमणि पौडेलले भवनसहित कार्यालय रहने स्थलको स्थलगत अवलोकन गरेका छन् । पार्कको ५ बिगाह ७ कठ्ठा ८ धुर क्षेत्रफलभित्र निर्माणाधीन पक्की भवनको अवलोकन गरेका हुन् ।

निर्माण भैरहेको १ तल्ले भवनमा प्रतिष्ठानका लागि आवश्यक अध्यापनसहित कार्यालयको व्यवस्थापन गर्न थप एक तला उठाउन जरुरी रहेको मुख्यमन्त्री पौडेलले बताएका छन् ।  ‘आउदो आर्थिक बर्षबाट सबै काम थाल्छौं, त्यसैको तयारी स्वरुप स्थलको अवलोकन गरीएको हो,’ उनले भने ।

यसै वर्ष कार्यालय स्थापनाको तयारी थालेको सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ६ करोड रुपैयाँ विनियोजन छ । आउँदो आर्थिक वर्षबाट स्वास्थ्य क्षेत्र लागि चिकित्सक उप्पादन गर्ने उद्देश्यसहित अध्यापनसहितको काम थालिने भएको छ ।

सरकारले प्रतिष्ठान सञ्चालनको लागि उपकुलपति नियुक्तिको प्रकृया थालेको छ । उपकुलपति नियुक्तिको लागि नियमावली निर्माण अन्तिम चरणमा रहेको बताइएको छ ।

भबनको अवलोकनपछि हेटौंडा-८ का वडाध्यक्ष गोपालबहादुर श्रेष्ठले प्रतिष्ठानको कार्यालय आउनु र अध्यापनको काम यहीबाट हुनु भनेको हाम्रो लागि अवसरका भएको बताए ।

अध्यापनमा आएका विद्यार्थीको बसोबाससहित वडाको विकासका लागि प्रतिष्ठान स्थापना हुनु महत्वपूर्ण भएको बताए ।

भवनको अवलोकनका लागि मुख्यमन्त्री पौडेलसँगै सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले, जिल्ला समन्वय सिमितका प्रमुख रघु खुलाल, बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment