Comments Add Comment

१२५ केजी गाँजासहित तीन जना पक्राउ

१२ असार, वीरगञ्ज । बाराको करैयामाईबाट प्रहरीले १ सय २५ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरी टोल बस्ने २५ वर्षीय सुवोधप्रसाद यादव, पर्साको बहुदरमाई नगरपालिका –९ घर भई बारा करैयामाई गाउँपालिका–४ बस्ने ६२ वर्षीय समसुल हक देवान र चितवनको राप्ती नगरपालिका–७ का ४५ वर्षीय लक्ष्मीबहादुर राई पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये यादव ना ७ ख ४२५२ नम्बरको ट्रक चालक हुन् ।

उनीहरुले सोही ट्रकमा चितवनको लोथरबाट गाँजा ल्याएका थिए । ट्रकबाट गाँजाका पोकाहरू झारेर ईंट्टा भट्टामा लगिरहेको अवस्थामा प्रहरी पुगेको थियो । प्रहरी चौकी गञ्जभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले गाँजा बोक्न प्रयोग भएको ट्रकसहित मानिसलाई नियन्त्रणमा लिएको थियो ।

बाराका प्रहरी प्रवक्ता नायब उपरीक्षक गौतम मिश्रले करैयामाई गाउँपालिका–३ स्थित बुलेट ईंट्टा उद्योगबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘अवैध लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचना हामीलाई प्राप्त भएको थियो । सूचनाको आधारमा ईंट्टा भट्टामा पुग्दा ९ वटा पोकामा १ सय २५ किलो गाँजा फेला परेको छ,’ उनले भने, ‘लोथरबाट गाँजा ल्याउन प्रयोग गरिएको ट्रक र ओसारपसारमा संलग्न ट्रक चालकसहित तीन जनालाई पक्राउ गरेका छौं ।’

त्यस्तै प्रहरीले प्र.न.२–०३–००१ प–९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment