Comments Add Comment

पाल्पामा थपिए ७७ जना कोरोना संक्रमित

फाइल तस्वीर

१२ असार, बुटवल । पाल्पामा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवमा भएको पीसीआर परीक्षणमा रामपुर नगरपालिकाका ७५ जना र तानसेन नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ ।

शुक्रबार थपिएका संक्रमित मध्ये ७२ जना पुरुष र ५ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनीहरू सबैको अवस्था सामान्य रहेको पन्थीले बताए ।

पन्थीका अनुसार संक्रमण पुष्टि भएकाहरु भारतबाट आई वडा-१ को पन्थेस्थित चन्द्रोदय माध्यमिक विद्यालय, वडा-२ को खयरबोटस्थित कालिका माध्यमिक विद्यालय, वडा-३ रजघरास्थित जनविकास माध्यमिक विद्यालय, वडा-६ विजयपुरस्थित दरैंठाँटी माध्यमिक विद्यालय, वडा-८ एक्लेटारस्थित गंगा माध्यमिक विद्यालय र वडा-९ जबगादीस्थित जनशान्ति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए । तानसेन नगरपालिकामा पुष्टि भएका दुई जनाको भने ठेगाना खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment