Comments Add Comment

दाङमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

१२ असार, काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको ती बिरामीलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा  कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या २७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment